वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर

श्रावण ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तिमगरले वर्तमान सरकार संविधान, विधिको शासन र संसदीय अभ्यासको मूल मर्मविपरीत चलेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद घर्तिमगरले यस्तो आरापे लगाउनुभएको हो । उहाँले सरकार नैतिक जगमा नअडिएको तथा संवैधानिक प्रक्रियाको पालना गर्न नखोजेको भन्दै तिव्र आलोचना गर्नुभयो । उहाँले विधिको शासन, जनताको म्याण्डेट र संविधानको आत्मा उपेक्षित हुँदै गएको भन्दै गम्भीर चिन्ता गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार न त नैतिक जगमा अडिएको छ नत संवैधानिक प्रक्रियामै । बरू यो सरकार सवैधानिक प्रक्रियाको योजनावद्ध र निर्लज्ज उल्लङ्घनमार्फत टिकाइएको सत्ताको दुर्गन्धित नमूना हो । संसदीय अभ्यास, विधिको शासन, जनताको म्याण्डेड र संविधानको आत्मा यी सबै आज उपहेलित, उपेक्षित र पदीय दुर्गन्धले ढाँकिएको अवस्था देखिँदैछ ।’

सरकारमा सहभागि दलहरूले सर्मथन फिर्ता लिँदा समेत सरकारले जनतालाई स्थायित्वको भ्रममा राखिराखेको उहाँको टिप्पणी छ । प्रधानमन्त्रीले संसदलाई सिंहदरबारको कार्यक्षेत्र जस्तै बनाएको उहाँको आरोप छ । उहाँले संसद जनताको भरोसा नभई सत्ताको थिएटर बन्न पुगेको टिप्पणी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.