काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्री मण्डल पुनःगठन गर्नेकुरा सामान्य प्रक्रिया रहेको बताउनुभएको छ ।
सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा बुधबार उहाँले यस्तो बताउनुभएको हो । स्पेन भ्रमणपछि मन्त्रीमण्डल पुनःगठन गर्ने समाचार सञ्चारमाध्यममा आएको थियो नि भन्ने प्रश्नमा उहाँले मन्त्री मण्डल गठन, पुनःगठन गर्नेकुरा ठूलो कुरा नभएको र प्रधानमन्त्रीले शपथ लिने बेलैमा तपाईंहरूको एक वर्षको कार्यकाल हेरिने र कार्यकाल थपघट गरिने उल्लेख गर्नुभएको पनि बताउनु भयो ।
एक वर्ष आफूहरूले कुनै दायाँबायाँ नभइ र उत्तारचढाव नभइ बिताएको पनि उहााले जानकारी दिनुभयो । सरकारले एक वर्षको समयमा उपलब्धिमुलक कामहरू गरेको र अर्थतन्त्रलाई सही दिशामा ल्याएको र अब दौडिने परिस्थिति निर्माण भएको उहाँकाे भनाइ छ।
मन्त्री गुरूङले बजेटको डुप्लिकेसन बन्द भएको दाबी गर्नुभयो । बिना अध्ययन योजना राख्ने काम बन्द भएको उहाँले बताउनु भयो ।