राजदेवी रोयल र तिरहुट टाइगर्स सप्तरी प्राइडको उपाधिका लागि भिड्ने

असार ३२, २०८२ |आरएन विश्वास
राजदेवी रोयल र तिरहुट टाइगर्स सप्तरी प्राइडको उपाधिका लागि भिड्ने

सप्तरी । राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स सप्तरीको राजविराजमा जारी सातौं संस्करणको मेयर कप सप्तरी प्राइड लिगको फाइनलमा प्रवेश गरेका छन् ।

निरन्तर वर्षाका कारण आजका दुवै सेमिफाइनल खेल रद्द हुँदा समूह चरणमा दुई समूहका विजेता टिम फाइनल प्रवेश गरेका हुन् ।

रोयल र डिफेन्डिङ च्याम्पियनसमेत रहेको टाइगर्स उपाधिका लागि भोलि प्रतिस्पर्धा गर्नेछन् ।

राजविराज राजदेवी रोयल र खडक वारियर्सबीचको आजको पहिलो सेमिफाइनल तथा तिरहुट टाइगर्स र कन्चनरुप राइनोजबीचको दोस्रो सेमिफाइनल खेल निरन्तर वर्षाका कारण सम्भव हुन सकेन । 

प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समुहमा विभाजन गरिएको थियो । 

समूह ए को विजेताको रुपमा राजविराज राजदेवी रोयल सेमिफाइनल प्रवेश गरेको थियो। यस्तै समूह बी बाट समूह विजेताका रुपमा तिरहुट टाइगर्स सेमिफाइनल प्रवेश गरेको थियो । सप्तरी क्रिकेट संघले गरेको प्रतियोगिताको विजेताले २ लाख तथा उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।