भिजिट भिसा दुरुपयोगको छानविनका लागि संसदीय समिति गठन गर्न राप्रपाको माग

असार २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
भिजिट भिसा दुरुपयोगको छानविनका लागि संसदीय समिति गठन गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरणसहित भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग राख्नुभएको हो । प्रमुख सचेतक शाहीले प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गएका नेपालीहरु नफर्किएको पुष्टि भइसकेको भन्दै आवश्यक छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले संसदीय छानबिन समिति बनाउन सरकार किन डराएको छ ? भन्दै प्रश्न पनि गर्नुभयो ।

उहाँले भिजिट भिसा दुरुपयोगसम्बन्धी अनुसन्धानका लागि छानविन समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.