भूमि अध्यादेश छिट्टै पारित हुन्छ : प्रधानमन्त्री ओली

असार २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
भूमि अध्यादेश छिट्टै पारित हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थासम्बन्धी अध्यादेश अब छिट्टै कानुनका रूपमा संसद्‌बाट पारित हुने दाबी गर्नुभएको छ ।

झापाको कन्काई नगरपालिकाका भूमिहीन र अव्यवस्थित बसोवासीहरूलाई लालपूर्जा वितरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले लामो समयदेखिको भूमि समस्यालाई कानुनी र व्यवहारिक रूपमै समाधान गर्न सरकार दत्तचित्त रहेको विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेरवहादुर देउवासँग ५१ वर्षदेखि दोस्ती रहेको र त्यो सम्बन्ध कहिल्यै नडगमाउने जिकिर पनि गर्नुभयो । उहाँले ०८४ सम्म यहि गठबन्धन सहमति अनुसार कायम रहने दाबी दोहोर्याउनु भयो । कन्काई नगरपालिकाले आयोजना गरेको कार्यक्रममा भूमि समस्या समाधान आयोगले तयार पारेका कन्काई नगर क्षेत्रका २ सय भूमिहीन र अव्यवस्थित बसोबासी परिवारलाई लालपूर्जा वितरण गरिएको थियो ।

प्रधानमन्त्री ओलीले आजै ईलामको माई नगरपालिकाका भूमिहीन र अव्यवस्थित बसोबासीहरूलाई पनि लालपूर्जा वितरण गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.