स्पेन प्रकरणबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

असार २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्पेन प्रकरणबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सहभागि स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपालीहरु नफर्किएको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्तो माग गर्नुभएको हो । उहाँले स्पेन प्रकरणले मानव तस्करीको सञ्जाल राजनीतिक संरक्षण दिइएको आरोप लगाउनु भयो । २०७८ साल फागुनमा बनेको भिजिट भिसासम्बन्धी अध्ययन प्रतिवेदन अझै सार्वजनिक नगरिएकोप्रति पनि उहाँले आपत्ति जनाउनु भयो ।  उहाँले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि संसदीय छानविन समिति वा उच्चस्तरीय छानबिन आयोग गठनको माग पनि गर्नुभयो । उहाँले सुशासन आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले स्पेन प्रकरणबारे स्पष्टीकरण दिनुपर्ने माग दोहोर्‍याउनु भयो ।

सांसद श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री समेत पोलिएको र संघीय मामिलामन्त्रीको अडियोको समेत निष्पक्ष छानविन गर्न माग गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.