काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले रसुवासहित विभिन्न जिल्लामा आएको बाढीपहिरो पीडितको उद्धार र राहतलाई तिब्र बनाउन माग गरेको छ ।
माओवादी केन्द्रको बिहिबार बसेको पदाधिकारी बैठकले विपद् पूर्वतयारीमा ध्यान दिन पनि सरकारलाई सुझाव दिएको छ । यसैगरी निजामती विधेयकको कुलिङ अफ पिरियडमा भएको जालसाजी सच्च्याएर राष्ट्रिय सभाबाट पारित गर्नुपर्नेमा पनि जोडदिएको छ ।