जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिलादेवी सिंहले मङ्गलबार प्रदेश सभामा सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जनकारी गराउनुभएको हो । त्यसक्रममा उहाँले मधेश सरकारको बजेटमा बिचौलिया हाबी भएको बताउँदै आफूसँग प्रमाण रहेको दाबीसमेत गर्नुभयो ।
मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकार बन्दा नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको थियो । यसैबीच मङ्गलबार तेस्रो दिन पनि प्रतिपक्षी दलहरूले मधेश प्रदेश सभा चल्न नदिएपछि स्थगित भएको छ ।
आगामी आर्थिक वर्षको बजेट मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित गरेको तथा बिचौलिया हाबी भएको भन्दै बजेट पुनर्लेखनको माग गर्दै प्रतिपक्षीहरूले सदन अवरुद्ध गरिरहेका छन् ।