काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीरसंकट र चुनौतीबाट गुज्रिरहेको बताउनु भएको छ ।
सोमबार काठमाडौंमाआयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीकार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो । उहाँले कम्युनिष्ट पार्टीभित्रमात्र नभई हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरूको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गर्नुभयो ।
राजनीतिक संकट र चुनौतीहरूको सामना गर्नको लागि पार्टीका प्रत्येक नेताहरूले सार्वजनिक कार्यक्रमहरूबाट आम नागरिक र कार्यकर्तामा सकारात्मकसन्देश दिनुपर्नेमा उहाँको जोड छ ।
उहाँले पार्टीका आन्तरिक समस्याका विषयहरूलाई पार्टी कमिटीमा राखेर यथार्थतामा अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले पार्टी संगठन निर्माणलाई तिव्रता दिनका निम्ति जिम्मेवारी पाएका नेताहरुको कार्यसम्पादनकोप्र भावकारी अनुगमन आवश्यक रहेको पनि बताउनु भयो ।
पार्टीको पक्षमा दृढता साथ बोल्न नेता कार्यकर्ताहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । अध्यक्ष नेपालले पार्टीसिद्धान्तमा आँच आउने काम गर्ने कसैलाई पनि छुट दिन नसकिने चेतावनी समेत दिनुभयो ।
पार्टीप्रति नकारातमकता फैलाएर पार्टीलाई सिध्याउन खोज्ने प्रवृत्तिलाई कुनैपनि हालतमा छुट दिन नसकिने उहाँको भनाइ छ ।