एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न सकिँदैनः अध्यक्ष नेपाल

असार २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न सकिँदैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले संकट नै संकटले ग्रस्त भएको बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको बताउनु भयो । 

एमालेभित्र अन्तरविरोध बढ्दै गइरहेको उहाँले बताउनु भयो । नेकपा एमालेको भविष्य आगामी दिनमा के हुने हो ? सहजै भन्न सकिने अवस्था नरहेको उहाँकाे भनाइ छ । 

कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्रिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै नभइ दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने जस्ता प्रवृत्तिहरुलाई परास्त गर्नुपर्ने उहाँकाे भनाइ छ।

अध्यक्ष नेपालले कम्युनिष्टहरूको भविष्य अझै रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.