काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ ।
केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उहाँले केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा भाग लिन पाउने तर चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयाे । प्रदेश प्रतिनिधिहरूनै प्रदेश कार्यसमितिमा आउनुपर्ने उहाँको धारणा छ ।
केन्द्रीय सदस्य थपलियाले पार्टीमा युवा प्रतिनिधित्व बढाउन पनि माग गर्नुभयाे। त्यसका लागि पार्टी केन्द्रीय समिति, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीबाट उमेदवार छान्दा ४० वर्ष मुनिका २०५ युवा अनिवार्य गर्न उहाँले प्रस्ताव गर्नुभयाे।
त्यस्तै थपलियाले पार्टीको वडा कार्यसमितिलाई मजबुत बनाउन केन्द्रले छुट्टै कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभएकाे छ । 'खल्तीबाट बजेट हाल्ने सिस्टम गलत छ । आयोजना बैंक बनाएर आवश्यकताअनुसार बजेट हाल्ने गर्नुपर्छ । यसो भएमा बिचौलिया र कर्मचारीतन्त्र हाबी हुन रोकिन्छ, बैठकमा उहाँले भन्नुभयाे।