एकीकृत समाजवादीद्वारा पार्टीको आगामी कार्ययोजनाबारे छलफल

असार १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एकीकृत समाजवादीद्वारा पार्टीको आगामी कार्ययोजनाबारे छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको आगामी कार्ययोजनाबारे छलफल गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पार्टीको आगामी कार्ययोजनाबारे छलफल भएको हो । 

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको सचिवालय बैठक असार १३ गतेदेखि नै जारी रहेको र बिहिबार छोटो समय बसेर स्थगित गरेको बताउनु भयो । 

सचिवालयका केही सदस्यहरूमा भएको स्वास्थ्य समस्याका कारण बैठक लामो समय बस्ने नसकेको उहाँको भनाइ छ । बैठकमा समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्ष माधवकुमँर नेपालमाथि अख्तियारले लगाएको मुद्दा र त्यस मुद्दासँग जोडिएका विभिन्न कानूनी पक्षमा छलफल भएको उहाँले जानकारी दिनुभएकाे छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो गत १३ गतेदेखि बसेको केन्द्रीय सचिवालयको बैठक आज छोटो समय मात्रै बसेर स्थगित भयाे। सचिवालय सदस्यहरूको स्वास्थ्य समस्या आएका कारणले अरू समय बस्नसक्ने अनुकुलता भएन । हामी यो बैठक आउँदो २२ गते ११ बजे बस्नेछौँ । समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्षमाथि अख्तियारले लगाएको मुद्दा र त्यो मुद्दासँग जोडिएका विभिन्न कानूनी पक्षहरूको चर्चा, विश्लेषण, पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल भयो ।’

उहाँले पार्टीको आगामी सचिवालय बैठक असार २२ गते बस्ने जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.