प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधि सभाबाट पारित भएको छ ।

प्रतिनिधि सभाको शनिवारको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित गरेको हो । सभामा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरुले सहमति जनाएसँगै विधेयक बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । प्रस्ताव पारित हुनुअघि सभामा छलफल भएको थियो । छलफलमा सहभागी सांसदहरुले उठाएका जिज्ञासाको गृहमन्त्री लेखकले जवाफ दिनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.