मेलम्चीमा बस दुर्घटना हुँदा ८ जना घाइते

असार १४, २०८२
मेलम्चीमा बस दुर्घटना हुँदा ८ जना घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोताङबाट काठमाडौं जाँदै गरेको बस मेलम्चीमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागमती प्रदेश–३–०१–००५ ख ९९७६ नम्बरको बस मेलम्ची नगरपालिका १० रामपुरबेसीमा दुर्घटना भएको हो ।

अगाडिको पट्टा भाँच्चिएपछि बस अनियन्त्रित भई सडकबाट झन्डै ५० मिटर तल इन्द्रावती खोलाको बगरमा खसेको हो । दुर्घटनापछि घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी मेलम्ची नगर अस्पतालमा उपचारका लागि ल्याइएको छ भने ३ जनालाई काठमाडौंको शिक्षण अस्पताल रिफर गरिएको छ ।