काठमाडौं । नेकपा (एमाले)का नेता विशाल भट्टराईले संविधानको पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।
आइतबार काठमाडौंमा आयोजित टेलिभिजन कार्यक्रम ‘सद्गमय सिजन २’ को समापन समारोहलाई सम्बोधन गर्दै नेता भट्टराईले संविधान निर्माण भएको एक दशक पुगिसकेको उल्लेख गर्दै समीक्षा गर्न जरूरी रहेको बताउनुभएको हो ।
उहाँले संविधानमै नै दश प्रत्येक दश वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै यसको लागि राजनीतिक दलहरू अग्रसर हुनुपर्ने बताउनु भयो । नेता भट्टराईले जनताको आलोचना भएको विषयलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिँदै संविधानो आवश्यक पुनरावलोकन गर्नुपर्ने बताउनु भयो ।
उहाँले सरकारमा रहेका दलहरूसँग दुई तिहाई नपुगेको खण्डमा राष्ट्रको आवश्यकता र जनताका मुद्दामा प्रतिपक्षी दलहरूले साथ दिनुपर्ने समेत बताउनु भयो ।
समापन समारोहमा बोल्दै सञ्चारकर्मी टिकाराम यात्रीले कार्यक्रमले देशको समग्र क्षेत्रमा रहेका बेथिति र समस्याहरूको समाधान पनि दिन सकेको आफूले ठानेको बताउनु भयो ।
कार्यक्रमले जलावायु परिवर्तनका मुद्दादेखि लिएर आजको वर्तमान मात्र नभई भविष्यसम्मको उन्नती, प्रगति र पर्यावरणीय क्षेत्रमा पर्ने प्रभावका विषयमा समेत कार्यक्रमले सकारात्मक प्रभाव पार्न सकेको बताउनु भयो ।
कार्यक्रमले राजनीतिक नेतृत्वदेखि अन्य विकास निर्माणका क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्न सफल भएको उहाँकाे भनाइ छ।