काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकमा पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव राख्नुभएको छ ।
आइतबार ‘जेन-जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो प्रस्ताव पार्टीको बैठकबाट पारित गर्न प्रस्ताव राख्नुभएको हो ।
भ्रष्टाचार र अनियमितता विरूद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन-जी)को भरोसा जित्न नसकिने उहाँको भनाइ छ । उहाँले कनैपनि दलप्रति पूर्वाग्रही नभएको व्यक्तिलाई आयोगको नेतृत्व दिएर २०४६ सालपछिका सबै नेताको सम्पती छानबिन गर्ने अधिकार दिनुपर्ने बताउनु भयो ।
उहाँले छानबिनका क्रममा ज-जसको नाम आए पनि आयोगको प्रतिवेदन स्वीकार्ने आँट पार्टीले गनसक्ने मात्र जेन-जी पुस्ताले आफूहरूका कुरा सुन्ने जिकिर गर्नुभयो । उहाँले नयाँ पुस्ताको अपेक्षा भ्रष्टाचारमुक्त र सदाचारयुक्त राजनीतिप्रति केन्द्रित रहेको समेत उल्लेख गर्नुभयो ।
विगतमा देशका लागि लडेकै आधारमा अब नेताहरूलाई परिवारको लागि कमाउ भन्ने पक्षमा नयाँ पुस्ता नरहेको उहाँको जिकिर छ ।