सरकारलाई सांसद शर्माको प्रश्न- अलिकति पनि दया लाग्दैन, हृदय छैन् ?

असार ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारलाई सांसद शर्माको प्रश्न- अलिकति पनि दया लाग्दैन, हृदय छैन् ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले ५ वटा जिल्ला बाहेक अरु जिल्लाका नागरिक नेपाली होइनन् भन्दै प्रश्न गर्नुभएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्नै प्रश्न तेर्साउनुभएको हो । उहाँले ५ वटा जिल्लाका मात्र नेपाली नागरिक हुन भन्दै प्रश्न गर्नुभयो । 

उहाँले कर्णाली, मुगुदेखि तराई-पहाडका ५ जिल्लाबाहेक ७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन् ? भन्दै प्रश्न गर्नुभयो ।  उहाँले नागरिकलाई खानेपानीदेखि सिंचाइको लागि बोरिङ गाडि दिन पाए हुन्थ्यो भन्ने लाग्दैन ? भन्दै प्रश्न गर्नुभयो । 

उहाँले प्रधानमन्त्री र मन्त्रीहरूलाई अलिकति पनि दया नलाग्ने गरेको जिकिर गर्नुभयो । नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन ? भन्दै प्रश्न गर्दै उहाँले देशको मन्त्री हो या सानो झुन्डको भन्दै प्रश्न गर्नुभयो । 

उहाँले अब ५ जिल्लाका मान्छेहरूले मात्रै रूख र सूर्यमा भोट हाले पुग्ने हो भन्दै प्रश्न तेर्साउँदै अर्को पटक यसरी सदन चलाउन सक्नुहुन्छ भन्दै टिप्पणी गर्नुभयो ।

उहाँले आगामी आर्थिक वर्षको बजेटलाई तत्काल संशोधन गरी समन्यायिक बनाउनुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.