काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पुराना राजनीतिक दलहरूले देश र जनतालाई व्यवस्थित गर्न नसक्दा नकारात्मक शक्ति सल्बलाएको बताउनुभएको छ ।
ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुराना राजनीतिक दलहरूले समाज, राष्ट्र, जनता र आफ्नै पार्टीलाई समेत व्यवस्थित गर्न नसकेको बताउनु भयो ।
उहाँले जसको परिणमतः पुनःउत्थानवादी शक्तिहरूले बढी चलखेल गर्ने आँट गरिरहेको बताउनु भयो । पुराना दलहरूको कमी कमजोरीका कारणले पुनःउत्थानवादी शक्तिहरू सडक र सदनमा आएको जिकिर गर्नुभयो । जनता समाजवादी पार्टीले अब जरैदेखि बलियो ढंगले आधार तयार गर्नुपर्ने उहाँले बताउनु भयो ।
अध्यक्ष राईले सरकार सकारात्मक रूपमा अघि बढ्नुपर्ने र नकारात्मक क्रियाकलाप गर्नेहरूसँग सरकार मिल्नु नहुने बताउनु भयो ।