मन्त्री पद त्यागेर पार्टी निर्माणमा लागेको मान्छे हुँः मन्त्री सुडी

असार ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्त्री पद त्यागेर पार्टी निर्माणमा लागेको मान्छे हुँः मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं जनता समाजवादी पार्टीका नेता नवलकिशोर साह सुडीले मन्त्री पद त्यागेर आफू पार्टी निर्माणमा लागेको बताउनुभएको छ ।

ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू मन्त्री पदमा हुँदा-हुँदै पनि उपेन्द्र यादवको पार्टीलाई त्याग गरेर अशोक राई नेतृत्वको पार्टी निर्माणमा जुटेको बताउनु भयो । अग्रजहरूले बलिदानी दिएर ०७२ सालको संविधान आएको भन्दै यसको मूल्यांकन गर्न जरूरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले मन्त्री पदमा हुँदा-हुँदै उपेन्द्र यादवको पार्टीलाई त्याग गरेको थिएँ । मन्त्री पद लातले टुक्राएर म आदरणीय अशोकजीलाई सहयोग गरेको थिएँ, पार्टी बनाउन । धेरै कुरा छ । हाम्र अग्रजहरूले बलिदानी दिएर ०७२ सालको संविधान आएको हो । हामी मूल्यांकान गरौँ, ०७२ सालको संविधानको अवस्था र आजको अवस्था । राजाको व्यवस्थाकाविरूद्ध बोल्दा तुरून्त जेल हुन्थ्यो । तर आज हामी स्वतन्त्र छौँ । आज प्रधानमन्त्री, राष्ट्रपति जसलाई पनि विरोध गर्नसक्छौँ । त्यो अधिकार छ ।’

मन्त्री सुडीले आफू मन्त्री भएपछि दुई अर्ब ८ करोडको बजेट ल्याउन सफल भएको र यसअघि १ अर्बको मात्रै बजेट रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.