काठमाडौं । आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाटै हटाइएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठेर विरोध जनाएसँगै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले कार्यसूचीबाट हटाइएको सभामुख देवराज घिमिरेले बताउनुभयो । सभामुख घिमिरेले रास्वपा र राप्रपा सांसदहरूलाई बारम्बार संसद्मा अवरोध नगरी आसनग्रहण गर्न आग्रह गर्नुभयो । तर रास्वपा र राप्रपाले विरोध जारी राखेपछि आजको लागि प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको सभामुखले जानकारी गराउनुभयो ।
सभामुख घिमिरेले भन्नुभयो, “माननीय सदस्यहरूको विरोध र असहयोगका साथै यहाँको वातावरण उचित ढंगको नभएको हुँदा म आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले गर्दा कार्यसूचीबाट हटाएको बेहोरा जानकारी गराउँछु ।”