अर्घाखाँचीमा सिडिओको कार्यशैलीलाई लिएर कर्मचारी आन्दोलित

असार ४, २०८२ |रुद्रमणि भुसाल
अर्घाखाँचीमा सिडिओको कार्यशैलीलाई लिएर कर्मचारी आन्दोलित

अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको कार्यशैली ठिक नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा काम गर्ने कर्मचारीहरूले विरोध गरेका छन् ।

सेवा प्रवाह, कार्यसम्पादन र कर्मचारीहरूलाई गर्ने व्यवहारको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयका कर्मचारी र प्रमुख जिल्ला अधिकारीबीच मनमुटाव सिर्जना हुँदा बुधबार करिब ३ घण्टा काम कारवाही रोकेर कर्मचारीहरू आन्दोलित भएका हुन् । 

सिडिओ र कर्मचारीको विवादले सेवा प्रवाहमा समेत समस्या भएपछि कर्मचारीसामु प्रमुख जिल्ला अधिकारी खरेलले माफी मागेपछि अहिले कामकाज सुचारू भएको कार्यालयका एक कर्मचारीको भनाइ छ ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।