चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

असार ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । सरकारले चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि बुधबार दरखास्त आह्वान गरेको छ ।

स्वास्थ्य मन्त्रालयले कर्णाली, पोखरा, वीपि कोईराला, र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । 

मन्त्रालयले ७ दिनको अवधि दिएर मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेकाबाट आवेदन आह्वान गरेको हो । 

यी चारवटै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रिक्त भएको महिना दिन वितिसकेपछि बल्ल मन्त्रालयले उपकुलपतिका लागि आवेदन माग गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.