काठमाडौं । रियल मड्रिडका केलियन एमबाप्पेले क्लब विश्वकपको आफ्नो पहिलो खेल गुमाउने सम्भावना बढेको छ। खेलअघिको अभ्यास सेसनमा ज्वरो आएपछि अभ्याससमेत गुमाएका उनले साउदी अरेबियाको क्लब अल-हिलालविरूद्ध खेल्ने सम्भावनामा न्यून बनेको हो ।
पछिल्लो दशकमा पाँचवटा च्याम्पियन्स लिग उपाधि जित्दै युरोपेली फुटबलमा प्रभुत्व जमाएको रियल मड्रिड क्लब विश्वकपको प्रमुख दावेदारका रूपमा प्रतियोगितामा उत्रिएको हो । यी दुई टिमबीच सन् २०२३ को क्लब विश्वकप फाइनलमा भेट भएको थियो । सो खेलमा रियल विजयी भएको थियो ।
अहिले दुवै टिमको स्थिति फरक छ। यी दुई टिमबीचको खेलमा सबैको ध्यान दुवै टिमका नवनियुक्त प्रशिक्षका हुनेछ। यो खेलका लागि एम्बाप्पको अभावले रियललाई पहिलो खेलमा झट्का लागेको छ।
प्रि-म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक जाबी एलेन्सोले एम्बाप्पले मंगलबार बिहान केही ठिक भए पनि पुरा फिट नभएको बताए। एम्बाप्पेको उपस्थित रियलका लागि महत्वपूर्ण हुनेछ । किनभने ला-लिगामा ३१ गोल गरेका एम्बाप्पे अहिलेका रियालका निर्विकल्प फरवार्ड हुन्।
ब्राजिली खेलाडी एन्ड्रिकलाई पनि सेभियाविरूद्धको ला-लिगा खेलमा खुट्टाको मांसपेशीमा चोट लागेको छ। उनी अहिले टोलीमा छैनन्। एम्बाप्पे अनुपस्थित भए पनि आलोन्सोले टिमलाई जितका लागि योग्य रहेको बताएका छन् ।
अर्कोतर्फ, सन् २०२१ को एएफसी च्याम्पियन्स लिग जितेर विश्वकपमा स्थान बनाएको अल-हिलाल मड्रिडको कमजोरीको फाइदा उठाउने आशामा छ। यी दुई टिमबीचको खेल राति पौने १ बजे सुरू हुने।
त्यसैगरी आज राति पौने १० बजेको फिलाडेल्फियामा हुने खेलमा म्यानचेस्टर सिटीले मोरक्कन क्लब विदाद एफसीको सामना गर्नेछ। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना महत्वपूर्ण फरवार्ड ज्याक ग्रिलिसलाई टिममा समावेश गरेका छैनन्। भर्खरै मात्र केभिन डिब्रुएनाले पनि टिम छोडेकाले ग्वार्डिओलालाई पहिलो रोजाईको टिम बनाउनु पर्नेछ। तर उनीसँगै टिम र बेञ्चमा जति पनि विकल्प भएकाले सिटी प्रतियोगिताको नै बलियो टोली हो ।
उसले पछिल्लो सात खेलमा निकालेको ६ जितले पनि उसको अहिलेको फर्मबारे जानकारी दिन्छ। विदाद पनि अफ्रिकाको बलियो टोली हो । साथै उसलाई यो विश्वकप निकै ठूलो प्लाटफर्मसमेत हो । विश्वकपमा भोलि विहान पौने ४ बजे पाचुकाले एफसी साल्जबर्गको सामना गर्नेछ।