प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ समझदारी गरौँ : अध्यक्ष लिङदेन

मंसिर २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ समझदारी गरौँ : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ समझदारी गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन सत्रमा बौल्दै उहाँले तीन ठूला परिवर्तनका यी उपलब्धीहरूलाई जोगाएर राजनीतिक दल, पराम्परागत शक्ति र नवपुस्ताबीच समझदारी गर्नुको विकल्प नभएको बताउनुभएको हो । 

उहाँले २००७, २०४६ र २०६२/०६३ का उपलब्धीहरू प्रजातन्त्र, बहुदलिय व्यवस्था र समानुपातिक समावेशीतालाई सबैले स्वीकार गर्नुपर्ने बताउनु भयो । उहाँले सबै शक्तिबीचको समझदारीमार्फत नै देशलाई अगाडि बढाउन सकिने उल्लेख गर्नुभयो । 

हाल मृत अवस्थामा रहेको संविधानलाई ब्यूताएर मुलुकमा थप जोखिम निम्त्याउन नहुने उहाँको भनाइ छ । उहाँले निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारी, संवैधानिक अंगहरूमा गरिएको दलियकरण लगायतका कारण भदौ २३ र २४ गतेको विद्रोह भएको बताउनुभयो । 

अब देशलाई सबैले जित्नेगरी अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले एमालेको महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित हुन नहुने उल्लेख गर्नुभयो । उहाँले सबै राजनीतिक दलहरूलाई देश बनाउन एकजुट हुन आग्रह समेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.