मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छ : मन्त्री घिसिङ

मंसिर २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनपछि मुलकमा युवा नेतृत्व आउनुपर्ने र उसले मात्रै देशलाई विकासको बाटोमा अघि बढाउने जिकिर गर्नुभएको हो । मन्त्री घिसिङले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई सही बाटोमा अघि बढाउनुपर्ने भएकाले सोही सोचलाई अगाडि बढाउने गरी युवा नेतृत्व चयन गर्न सबैले लाग्नुपर्ने समेत बताउनु भयो । 

उहाँले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा तिव्रता दिनका लागि निजी क्षेत्रको लगानी आवश्यक भएकाले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । मन्त्री घिसिङले मुलुकको पूर्वाधार विकासको कामले तिव्रता नपाउनुमा निर्माण व्यवसायीहरू जिम्मेवार रहेको आरोप समेत लगाउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.