काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारहरू गुम्नसक्ने खतरा कायम रहेको बताउनुभएको छ ।
लामो संघर्षपछि ०४६ सालको जनआन्दोलनबाट अहिलेका अधिकारहरू पाएको बताउँदै पुनःबहाली भएको अधिकार सुरक्षित गर्न जरूरी रहेको बताउनु भयो ।
प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने भन्ने सवाल अहिलेको मुख्य विषय भएको उहाँकाे भनाइ छ । प्राप्त अधिकार भन्दा पनि अरू बढी अधिकार खोज्दा यी उपलब्धीहरू पनि गुम्ने खतरा रहेको भन्दै प्राप्त अधिकारको रक्षा गर्न जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने उहाँले बताउनु भयो ।
उपप्रधानमन्त्री सिंहले अधिकारको कुरा मात्रै नगरी जिम्मेवारीवोध गर्नुपर्ने बताउनु भयो ।