प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल सुरू, सरकारले लिएका लक्ष्य प्राप्तिमा सत्तापक्षीय सांसदकै आशंका

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै रास्वपा एक्लैको वेल घेराउ
असार १, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल सुरू, सरकारले लिएका लक्ष्य प्राप्तिमा सत्तापक्षीय सांसदकै आशंका

काठमाडौं । प्रतिपक्षमा रहेका दलहरूको विरोध र नाराबाजीकै बीच प्रतिनिधि सभा बैठक सञ्चालन गरेको भन्दै विपक्षी दलहरूले सत्तापक्ष र सभामुखको चर्को आलोचना गरेका छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले वेल घेराउसहित नारावाजी गरिरहेको र राप्रपाले विरोध तथा अन्य विपक्षी दलले ध्यानाकर्षण गर्दा समेत बेवास्ता गर्दै प्रतिनिधि सभा बैठक चलाइएको हो ।

संसद् नियमावलीमा सांसदहरूले उठेर विरोध गरेमा बैठक अवरूद्ध भएको ठानिने व्यवस्था छ । तर भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजिनामा र छानबिनको माग गर्दै आज पनि रास्वपा र राप्रपाले उठेर विरोध मात्रै गरेनन् । रास्वपाका सांसदले नारावाजीसहित वेल नै घेराउ गरे र पलेँटी कसेर त्यही बसे । तर सभामुख देवराज घिमिरेले सदनको कारवाही अघि बढाइरहनुभयो । त्यसको विरोध सांसदहरुले आफ्नो धारणाबाट पनि गरे ।

विपक्षीले अवरोध गरेकै समयमा सभामुखले अर्थमन्त्री विष्णु पौडेललाई बजेटमाथिको छलफल अघि बढाउन दिएपछि एकीकृत समाजवादीले नियमापत्ति गर्यो ।

सांसद प्रभु साह र सभामुख घिमिरेबीच त सवालजवाफ नै चलेको थियो । सत्ता पक्षले पेलेरै बजेटमाथिको छलफल अघि बढाएको भन्दै राप्रपाले त आजको बैठक नै बहिस्कार गर्यो । तर बैठकको सुरुमै सत्ता पक्षका सांसदहरूले सहकारी ठगीको आरोपितको नेतृत्वमा बसेर अरूलाई नैतिकताको पाठ सिकाउन खोजेको भनेर रास्वपाका सांसदहरू प्रति आक्रोश व्यक्त गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.