मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैन् : सांसद जबरा

असार १, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैन् : सांसद जबरा

काठमाडौं । नेपाली कांग्रेस सांसद उदयसमशेर जबराले गृहमन्त्री रमेश लेखकमाथि आरोप नलागेकाले राजीनामा दिइरहन नपर्ने बताउनुभएको छ ।

संघीय संसदं भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद जबराले गृहमन्त्रीमाथि कुनै आरोप नै नलागी राजीनामा दिन आवश्यक नरहेको बताउनुभएको हो । 

उहाँले अध्यागमन र भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छ वा छैन भने अख्तियारले छानबिन गरी स्पष्ट पार्ने बताउनु भयो । मुख्य आरोपित गृहमन्त्री नभइ सहसचिव भएकाले राजीनामा दिन आवश्यक नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘छानबिन अख्तियारले सुरू गर्नुपर्छ । मुख्य आरोपित गृहमन्त्री होइन, सहसचिव होइन । सहसचिव गृह मन्त्रालयअन्तर्गत भएको कारणले उहाँको नाम पनि जोडिएको छ । तर जोडिएको छ की छैन भनेर पुष्टि नभइकन गृहमन्त्रीको राजीनामा माग्न उपयुक्त हुँदैन । केही गरी सहसचिवको सट्टा गृहमन्त्री नै आरोपित भएको भए गृहमन्त्रीले दिनुपर्दथ्यो ।’

सांसद जबराले अख्तियारले गृहमन्त्रीलाई आरोपित गरेको खण्डमा गृहमन्त्रीको राजीनामा माग्ने पहिलो सांसद आफू हुने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.