रास्वपा सांसदहरूले जनप्रतिनिधिको हैसियतमा जनतालाई नै गुमराहमा राखेः सांसद डा. महत

असार १, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपा सांसदहरूले जनप्रतिनिधिको हैसियतमा जनतालाई नै गुमराहमा राखेः सांसद डा. महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर प्रकाश शरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्वपूर्ण अवसर गुमाएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद डा. महतले बजेट वर्षमा एकपटक आउने र बजेटको तमाम विषय चिरफार गर्नुपर्ने समयमा आन्दोलन गरेर उक्त अवसर गुमाएको बताउनु भयो । 

उहाँले कुनैपनि आधार नै नभएको विषयलाई लिएर छलफलमा भाग नलिनु जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमराहमा राख्नु सरह भएको आरोप लगाउनु भयो । 

विरोधकाबीच पनि प्रमुख प्रतिपक्षी दलले सक्रिय सहभागिता जनाउनु खुसीको विषय भएको बताउँदै उहाँले मुलुकको वित्त व्यवस्थापनका कुराहरू बजेटले बोल्ने भएकाले तथ्यहीन विषयमा आन्दोलन गरिरहनुको कुनै औचित्य नभएको टिप्पणी गर्नुभयो ।

उहाँले परिणाममुखी बजेटको आवश्यकतालाई ध्यान दिँदै अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई परिणामुखी बनाउने कोशिस गर्नुभएको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.