प्रविधिको प्रयोगले अनुसन्धान र अभियोजन प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

जेष्ठ ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रविधिको प्रयोगले अनुसन्धान र अभियोजन प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन सरोकारवालाई निर्देशन दिनुभएको छ ।

काठमाडौँमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलन आज उद्घाटनमा गर्दै प्रधानमन्त्री ओलीले अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी नयाँ नयाँ प्रविधिसहित स्रोतसाधनसम्पन्न हुनुपर्ने बताउनुभएको हो । उहाँले प्रहरीको त्रुटिरहित अनुसन्धानले नै न्याय निरुपणका लागि बाटो देखाउने बताउनुभयो ।

भोलिसम्म चल्ने सम्मेलनमा गृहमन्त्री रमेश लेखक, महान्याधिवक्ता रमेश बडालसहित उच्च सरकारी अधिकारी सहभागी छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.