काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसद् अवरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय यता संसद् अवरोध रहेको र संसद्को अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको जिकिर गर्नुभयो ।
उहाँले केही प्रतिपक्षी दलहरूले नियोजित रूपमा षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राखेर लागि परेको बताउनु भयो । अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित रहेको उहाँकाे भनाइ छ ।
गृहमन्त्री लेखकले संसद्को अवरोध चाँडै हट्नुपर्ने बताउनु भयो ।