
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद्को अवरोध हटाउन बीचको उपाय खोज्नुपर्ने बताउनुभएको छ ।
सिंहदरबारमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सदनको अवरोध हटाउन कुनै न कुनै उपाय निकाल्नुपर्ने र अब बीचको उपाय खोजेर अघि बढ्नुपर्ने बतउनु भयो ।
अध्यक्ष नेपाल र अध्यक्ष दाहालबीच सिंहदरबारमा पछिल्ला समसामयिक राजनीतिक, अख्तियारको मुद्दा, संसदको अवरोधका विषयमा छलफल भएको छ ।
अख्तियारको मुद्दाबारे सञ्चारकर्मीले गरेको प्रश्नमा अध्यक्ष नेपालले यसबारेमा प्रधानमन्त्रीले नै बोलिसक्नुभएको बताउनु भयो ।