काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको बैठकमा माओवादी नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्चको आदेशका विषयमा छलफल भइरहेको बताइएको छ ।
अध्यक्ष दाहालका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले संसद्को काम कारबाही, टीआरसी र सर्वोच्चको पछिल्लो आदेशका विषयमा छलफल भइरहेको बताउनुभयो ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले द्वन्द्वकालीन घटनामा सापकोटाविरूद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गरेको थियो ।