कहाँ हराए रविन्द्र र धवल ?

जेष्ठ २२, २०८२ |रमेश धमला
कहाँ हराए रविन्द्र र धवल ?

काठमाडौं । चैत १५ को घटनाका मुख्य अभियुक्त मानिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा प्रशासनको सम्पर्कमा आएका छैनन् । 

सर्वोच्च अदालतको आदेशमा रविन्द्र मिश्र हाजिरी जमानीमा छुट्नुभएको थियो भने धवललाई स्वास्थ्य उपचारका लागि छोडिएको थियो । तर, प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने बेला दुवै उपस्थित नभएको प्रहरीले जनाएको छ । 

दुवै उपस्थित नभएपछि उनीहरूलाई उपस्थित गराउने जिम्मा उनीहरूकै स्वकीय सचिव र कानुन व्यवसायीले लिएका थिए । मिश्र उपस्थित नभएपछि हाजिर गराउने जिम्मा लिएका उहाँका स्वकीय सचिवलाई ५० हजार जरिवाना गराइएको छ भने राणाका कानुन व्यवसायीलाई पनि ५० हजार जरिवाना गराइएको प्रहरीले उल्लेख गरेको छ।

बुधबारदेखि जिल्ला अदालत काठमाडौंमा सुरू भएको थुनछेक बहसमा दुवै जना उपस्थित नभएकाे प्रहरीकाे भनाइ छ। प्रहरीले चैत १५ को घटनामा १ सय ८ जनालाई प्रतिबादी बनाएर मुद्दा दायर गरेको छ । आरोपीमध्ये ३९ जना हिरासतमा छन ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।