व्यवस्था विरोधी जनआन्दोलनलाई समर्थन गर्न राप्रपाको आह्वान

जेष्ठ १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
व्यवस्था विरोधी जनआन्दोलनलाई समर्थन गर्न राप्रपाको आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बिहीबारदेखि सुरू हुन लागेको व्यवस्थाविरूद्धको जनआन्दोलनमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले यस्तो आह्वान गर्नुभएको हो । उहाँले व्यवस्था विरूद्धको आन्दोलन राप्रपाको मात्र नभई देशवासीको भएको उल्लेख गर्दै सहयोग र समर्थन गर्न आह्वान गर्नुभयो । उहाँले जनताको वर्तमान अवस्थामा परिवर्तन गर्न व्यवस्था परिवर्तन अनिवार्य रहेको जिकिर गर्नुभयो ।

राजावादी समूहले बिहीबार काठमाडौंको शान्ति बाटिका क्षेत्रमा प्रदर्शन गर्दैछ । वर्तमान व्यवस्थाको विरोधमा संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आन्दोलन तय भएको हो । समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी सङ्घ-संस्थाहरू रहेका छन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.