बिहीबार दिउँसो साढे १ बजेसम्मका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

जेष्ठ १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
बिहीबार दिउँसो साढे १ बजेसम्मका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

काठमाडौं । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो साढे १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूको अवरोधका कारण आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो साढे १ बजेसम्मका लागि स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल माओवादीसहितका विपक्षी दलको अवरोधका कारण बैठक स्थगित गरिएको हो । यसअघि मंगलबार पनि प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधि सभा बैठक स्थगित भएको थियो ।

बिहीबार साढे १ बजे आर्थिक सर्वेक्षण पेश हुने र ३ बजे बजेट प्रस्तुत हुने कार्यतालिकामा दलहरूबीच सहमति भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.