काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको महत्त्व स्थापित गर्न उत्सव मनाउन लागिएको बताउनुभएको छ । भोलि जेठ १५ गते आयोजना गरिएको गणतन्त्र उत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले गणतन्त्रलाई राज्यले नै उत्सवका रूपमा मनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “गणतन्त्रलाई उत्सवको रूपमा आयोजना गर्ने कुरा सरकार र गणतन्त्र ल्याउने पार्टीले पनि गर्नुपर्दछ । उत्सव मनाउने कुरा रक्षात्मक केन्द्रित भएर होइन । त्यसको महत्त्वलाई स्थापित गर्नको लागि हो भन्ने कुरालाई बुझ्नुपर्दछ ।”
उहाँले जनतामा देखिएको असन्तोषलाई समस्याका रूपमा बुझ्न नहुने पनि उल्लेख गर्नुभयो । नेकपा एमालेले भोलि काठमाडौंमा गणतन्त्र उत्सव मनाउँदैछ । राप्रपासहितका राजतन्त्र पक्षधरले पनि भोलिदेखि नै आन्दोलनको घोषणा गरेका छन् ।