भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको नेपाली कांग्रेसको निष्कर्ष

जेष्ठ १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको नेपाली कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले विवादमा तानिएका गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष निकालेको हो । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमाथि पनि प्रश्न उठिरहेको छ । बैठकले गृहमन्त्री लेखकलाई संसद्‌भित्र र बाहिर आफ्ना अभिव्यक्ति खुला रूपमा राख्न समेत निर्देशन दिएको छ । भिजिट भिसा प्रकरणमा जो संलग्न छन् उनीहरूलाई कारबाही गर्नुपर्ने समेत कांग्रेसले जनाएको छ ।

बैठकमा पूर्वमहामन्त्री शशांक कोइरालाले गृहमन्त्रीको राजीनामा मागेका नेता शेखर कोइरालासँग स्पष्टीकरण माग्नुपर्ने बताउनुभएको छ । यसअघि नेता शेखर कोइरालाले गृहमन्त्रीलाई राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.