भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन नपर्ने कृष्ण सिटौलाकाे भनाइ

जेष्ठ ११, २०८२ |सुशीला पाठक
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन नपर्ने कृष्ण सिटौलाकाे भनाइ

काठमाडौं । राष्ट्रिय सभाका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण सिटौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन नपर्ने बताउनु भएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले यो विषयमा अध्यागमन कार्यालयका कर्मचारीमाथि प्रश्न उठेकाले मन्त्रीले राजिनामा दिनु आवश्यक नभएको प्रष्ट पार्नुभयो । 

उहाँले मन्त्रालय मातहतका कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीहरूले राजिनामा दिँदै जाने हो भने सबै मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउने र राज्य व्यवस्था चल्न नसक्ने बताउनुभयाे ।

यसअघि भएका घटनामा मन्त्रीहरूमाथि प्रश्न उठेकाले उहाँहरूले राजीनामा दिएको प्रष्ट पार्नुभयो । अहिले गृहमन्त्रीमाथि नभई कर्मचारी माथि प्रश्न उठेकाले गृहमन्त्रीले किन राजिनामा दिने भनि प्रतिप्रश्न गर्नुभयो । उहाँले यस विषयमा नेपाली कांग्रेसको धारणा पनि चाँडै आउने बताउनुभयो ।

एक प्रश्नमा उहाँले अहिले संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयनको समिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा संघिय लोकतान्त्रिक गण्तन्त्रात्मक व्यवस्थाको विकल्प नभएकाले निरंकुस तानासाही व्यवस्था नेपाली जनतालाई स्वीकार्य नहुने स्पष्ट पार्नुभयाे । 

लोकतन्त्रको मूल्य, मान्यता अनुसार मुलुक धेरै अघि बढि सकेकाले अब राजतन्त्र फर्कने कुनै सम्भावना नभएको स्पष्ट पार्नुभयो । उहाँले नेपाली कांग्रेसका महाधिवेशन गर्न एकवर्ष समय थप गर्न सकिने कानुनी व्यवस्था भएकाले महाधिवेशनको मिति एक वर्ष थप-घट हुने प्रष्ट पार्नुभयो ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।