निर्वाचनका लागि २२ दिन बाँकी, फागुन ३ देखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

६ हजार ७ सय ४३ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने
माघ २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनका लागि २२ दिन बाँकी, फागुन ३ देखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिन बाँकी रहेको छ । दलहरुको चुनावी गतिविधि बढिरहेको छ भने निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ । 

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

देशभरका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वटा वडामा नै एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।

स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले विगतदेखि नै सबै स्थानीय तहमा एक/एक जना सम्पर्क व्यक्ति तोक्ने गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.