चुनावमा सूचना प्रविधिको सही प्रयोग गर्न नेता कार्यकर्तालाई संयोजक दाहालकाे निर्देशन

माघ २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
चुनावमा सूचना प्रविधिको सही प्रयोग गर्न नेता कार्यकर्तालाई संयोजक दाहालकाे निर्देशन

पाेखरा । नेपाली कम्युनिष्ट पार्टी-नेकपाका संयोजक पुष्पकमल दाहालले चुनावमा सूचना प्रविधिको सही प्रयोग गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

बुधबार पोखरामा कार्यकर्ता भेटघाटमा संयोजक दाहालले ठूलो सभा गरेर र लाखौं खर्च गरेर भोट पाउने समय गएको भन्दै सूचना प्रविधिको सही प्रयोग गर्न निर्देशन दिनुभएको हो । उहाँले चुनावमा सूचना प्रविधिको युगमा त्यसको अधिकतम प्रयोग गर्नुपर्ने तर यसको दुरूपयोग गर्दै गलत समाचार तथा सामग्री बनाएर अफवाह फैलाउनेविरूद्ध लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले पार्टीले सार्वजनिक गरेको घोषणापत्र समाजवादतर्फको यात्रा तय गर्नका निम्ति भएको र संविधान संशोधनको मुद्दा अगाडि सार्ने नैतिक बल आफैंसँग रहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.