चर्को गर्मीले बिरामी पर्न थाले गाईभैंसी, घट्यो दूध उत्पादन

जेष्ठ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
चर्को गर्मीले बिरामी पर्न थाले गाईभैंसी, घट्यो दूध उत्पादन

बाँके । चर्को गर्मी र तातो हावाले पश्चिम तराईको जनजीवन मात्र प्रभावित भएको छैन घरपालुवा जनावरलाई समेत असर गरेको छ । अत्यधिक गर्मीले गाईभैंसी बिरामी हुन थालेपछि दूध उत्पादन घटेको छ ।

चर्को गर्मी सहन नसक्दा गाई बिरामी भएर दूध सुक्दै गएपछि किसानले गोठभित्रै चिसो पानीले नुहाइदिने र बस्ने ठाउँ ओसिलो गराउने गरेका छन् । पशु चौपायामा गर्मीको असर देखिन थालेसँगै छिटो छिटो सास फेर्ने र मुखबाट फिज निकाल्ने जस्ता लक्षण देखिने गरेको छ । यस्तो संकटबाट घरपालुवा पशु चौपायालाई जोगाउन किसानले धाराबाट पानीका पाइपहरू गोठसम्म तानेका छन् । 

दिनमा ३-४ पटकसम्म नुहाइदिने, खोला तथा पोखरीमा लैजाने र औषधि उपचारका लागि चिकित्सक बोलाउने गरेका छन् ।

पहाडी र हिमाली भेगमा भन्दा तराईमा गर्मीले धेरै जसो पशु चौपाया प्रभावित हुन गरेको पशु चिकित्सक बताउँछन् । तर यस्ता प्राणीलाई मानव सिर्जित संकटबाट जोगाउने उपायबारे कसैले चासो नदिएको किसानको गुनासो छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.