सप्तरी । गृहमन्त्री रमेश लेखकले कांग्रेस–एमालेको गठबन्धन कुनै पनि हालतमा नटुट्ने बताउनुभएको छ । आज सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यसअघिका प्रधानमन्त्रीलाई तीन तीन महिनामा विश्वासको मत लिनुपर्ने अवस्था रहेको भन्दै कम्तीमा वर्तमान सरकारलाई यो बाध्यता नरहेको बताउनुभयो ।
सरकारले १० महिनामा गरेका कामको फेहरिस्त दिँदै उहाँले यो अवधिमा मुलुकमा आर्थिक उन्नतिका धेरै काम भएको दाबी गर्नुभयो । अहिलेको सरकार मान्छे हेरेर आग्रह पूर्वाग्रह किसिमले कारबाहीमा नउत्रने समेत गृहमन्त्री लेखकको भनाइ छ ।
उहाँले सहकारी ठगीमा फरार रहेका जीबी राईको पनि खोजी भइरहेको बताउनुभयो ।