वैशाख १९ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

वैशाख १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
वैशाख १९ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते शुक्रबार संघीय संसदको संयुक्त सदनमा पेस हुने भएको छ । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम प्रस्तुत् हुने दिन संघीय संसद्को संयुक्त बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते ३ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रमा प्रस्तुत गर्ने कार्यक्रम छ । त्यो दिनको बैठकमा सांसदहरुलाई तोकिएको पोशाकमा अनिवार्य उपस्थित हुन सभामुख घिमिरेले आग्रह गर्नुभएको हो ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत् गर्नका लागि राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो । नीति तथा कार्यक्रममा सदनमा छलफल गरी पारित गर्नुपर्नेछ । 

नीति तथा कार्यक्रम पारित भएपछि सरकारले बजेको प्राथमिकता तथा सिद्धान्त पेस गर्नेछ । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२ / ८३ बजेट प्रस्तुत गर्नुहुनेछ । अर्थमन्त्रीले पेस गरेको बजेट असार मसान्तभित्र पारित गरी साउन १ गतेदेखि कार्यान्वयनमा जानेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.