सरकारको चिन्ता नगरी मिसन ०८४ मा लाग्न प्रधानमन्त्रीको आग्रह

वैशाख ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारको चिन्ता नगरी मिसन ०८४ मा लाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको चिन्ता नगरी मिसन ०८४ मा लाग्न युवा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।लोकतन्त्रको स्थापना दिवसको उत्सव मनाउन भन्दै काठमाडौं बोलाइएका युवालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा एमालेको ध्यान सरकारमा नभई चुनाव केन्द्रित हुने समेत बताउनुभयो ।

स्वदेशी तथा विदेशी तत्त्वहरूले मुलुकलाई प्रतिगमनतिर धेकेल्ने काम गरिरहेको पनि प्रधानमन्त्री ओलीको आरोप छ । उहाँले लोकतन्त्रको रक्षा र सुदृढीकरणमा लाग्न युवा कार्यकर्तालाई आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.