भक्तपुर । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले अधिकार मात्र माग्ने तर कर्तव्य पूरा नर्गनाले जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउनुभएको छ ।
जगन्नाथ आचार्यको १०२औं जन्मजयन्तीका अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले २०४६ सालको आन्दोलन होस् या २०६२/६३ को जनआन्दोलन सबै दलहरू एक ठाउँमा उभिएर संर्घष गर्दै ल्याएको व्यवस्था सबै मिलेर र जोगाउनुपर्ने बताउनुभयो । अहिलेका युवाहरु लहैलहैमा लाग्दा मुस्किलले प्राप्त गरेको अधिकार गुम्न सक्नेप्रति सजग रहन पनि उहाँले आग्रह गर्नभयो ।
धेरै त्याग र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई बचाएर राख्न सबै दल एक ठाउँ उभिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेताहरुले प्रजातान्त्रिक आन्दोलका नेता स्वर्गीय जगन्नाथ आचार्यले प्रजातन्त्र प्राप्तिका लागि गरेका योगदानको चर्चा गरेका थिए ।