शिक्षकको आन्दोलनलाई सम्बोधन गर्न सरकार असफल : पुष्पकमल दाहाल

वैशाख ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
शिक्षकको आन्दोलनलाई सम्बोधन गर्न सरकार असफल : पुष्पकमल दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न नसकेको बताउनुभएको छ ।

माओवादी संसदीय दलको सिंहदरबारमा आज बसेको बैठकमा अध्यक्ष दाहालले सरकारले नसकेकाले अब संसद्‌बाटै शिक्षकका माग सम्बोधन हुनेगरी भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन पनि दिनुभयो । 

अध्यक्ष दाहालले सडक र सदनबाट सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहेको जनाउँदै सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको पनि दाबी गर्नुभयो ।

बैठकमा भोलिदेखि बस्ने संसदको बैठक, पछिल्लो राजनीतिक घट्नाक्रम, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे पनि छलफल भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.