सरकारकाे कार्यशैलीप्रति प्रमुख प्रतिपक्षी दल असन्तुष्ट

सडक र सदनबाट सरकारलाई दबाब दिनुपर्ने भन्दै सांसदहरूलाई सोही अनुसार भूमिका निर्वाह गर्न निर्देशन
वैशाख ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारकाे कार्यशैलीप्रति प्रमुख प्रतिपक्षी दल असन्तुष्ट

काठमाडौं । शिक्षामन्त्री फेरबदलबाट शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले जनाएको छ । शिक्षकका मागहरू सम्बोधन गर्नका लागि सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न प्रमुख प्रतिपक्षी दलले आफ्ना सांसदहरूलाई निर्देशन पनि दिएको छ ।

सिंहदरबारस्थित् संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सडक र सदनबाट सरकारलाई दबाब दिनुपर्ने भन्दै सांसदहरूलाई सोही अनुसार भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको हो । 

बैठकमा अध्यक्ष दाहालले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहेको जनाउँदै सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको आरोप लगाउनुभयो । 

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको दाहालको भनाइ छ । बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रम, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे छलफल भएको सहभागी एक नेताले बताए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.