प्रधानन्यायाधीश राउतको टर्की भ्रमण स्थगित

वैशाख ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानन्यायाधीश राउतको टर्की भ्रमण स्थगित

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको टर्की भ्रमण स्थगित भएको छ ।

टर्कीमा बुधबार गएको ६ दशमलव २ म्याग्नेच्युडको भूकम्पका कारण प्रधानन्यायाधीश राउतको आजदेखि हुने भनिएको भ्रमण स्थगित भएको हो । टर्कीको संवैधानिक अदालतको ६३औं वार्षिकोत्सवका अवसरमा त्यहाँका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश राउत भ्रमणमा जाने तय भएको थियो । 

तर, भूकम्प गएपछि अन्तिम समयमा भ्रमण स्थगित भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । प्रधानन्यायाधीश राउत विदेश भ्रमण जाने कार्यक्रम तय भएपछि गत आइतबारदेखि नियमित सुनुवाइ भइरहेको ५२ जनाको संवैधानिक नियुक्ति विवादसम्बन्धी रिटहरूमाथिको सुनुवाइको पेसी वैशाख २८ गतेका लागि तोकिएको थियो । आज प्रधानन्यायाधीशको इजलासमा कुनै पनि पेसी तोकिएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.