काठमाडौं टावरमा चलखेल भएको छ, अध्ययन गर्ने हो भने सहयोगका लागि तयार छु : बालेन

वैशाख ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं टावरमा चलखेल भएको छ, अध्ययन गर्ने हो भने सहयोगका लागि तयार छु : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौं टावर निर्माणमा नीतिगत भ्रष्टाचार भएको बताउनुभएको छ । काठमाडौं टावरको नक्सापासको विगत र वर्तमानले त्यहाँ नीतिगत भ्रष्टाचार भएको देखिने भन्दै उहाँले सम्बन्धित निकायले अध्ययन गरे आफू सम्पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

२०७३ सालमा १२ तलासम्मको स्वीकृति दिँदा तत्कालीन महानगर नेतृत्वले वार्षिक चौथो वर्षसम्म ९८ लाख ३३ हजार ३३३ रुपैयाँका दरले र पाँचौं वर्ष एक करोड ४३ लाख ७० हजार ८३३ रुपैयाँ हुँदै ३० औं वर्षमा तीन करोड ९० लाख १४ हजार ६६३ रुपैयाँ महानगरले प्राप्त गर्ने गरी सम्झौता भएको बताउँदै उहाँले प्रश्न गर्नुभएको छ, ‘काठमाडौंको मुटुमा रहेको व्यावसायिक कम्प्लेक्सबाट महानगरले प्राप्त गर्ने आर्थिक लाभ त्यति न्यून कसरी हुन पुग्यो ? त्यसमा के कस्ता चलखेल भए भन्ने आफैंमा अध्ययनको विषय हो । सम्बन्धित निकायले अध्ययन गर्छ भने सम्पूर्ण सहयोग गर्न तयार छु ।’ 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.